समाचार

काठमाडौं बाहिरी चक्रपथलाई शून्य बजेट

 सरकारले हरेक वर्ष उच्च महत्त्वका साथ प्रचार गर्ने काठमाडौं बाहिरी चक्रपथले आगामी आर्थिक वर्षका लागि कुनै पनि बजेट पाएको छैन ।

अर्थ मन्त्रालयका अनुसार प्राथमिकताका दृष्टिकोणले सरकारले यस आयोजनालाई ‘पी–टू’ मा राखेको छ । तर, निर्माण र स्रोतको मोडालिटी नै टुंगो लाग्न नसक्दा यो आयोजना अलपत्र अवस्थामा छ ।

यद्यपि सरकारले रुग्ण आयोजना घोषणा गरी यो आयोजनालाई रद्द पनि गर्न सकेको छैन । यो आयोजनाका नाममा चालु आर्थिक वर्ष २०८०/८१ मा ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरे पनि सरकारले आगामी वर्षका लागि भने बजेट राखेको छैन ।

बाहिरी चक्रपथ योजनाको अवधारणामा काम भएको भने दुई वर्ष नाघिसकेको छ । अहिलेसम्म यो आयोजनामा कागजमा मात्र सीमित छ ।

महालेखा परीक्षकको कार्यालयको ६१औं वार्षिक प्रतिवेदन अनुसार २०५८ मा बाहिरी चक्रपथको अवधारणा आएको हो । त्यसयताका २२ वर्ष यो आयोजना सम्भाव्यता अध्ययनमा सीमित छ ।

अहिलेसम्म कति खर्च भयो ? 

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको बाहिरी चक्रपथ विकास आयोजनाबाट यो आयोजनामा अहिलेसम्म १४ करोड ८४ लाख ५७ हजार रुपैयाँ खर्च भइसकेको छ ।

बाहिरी चक्रपथ निर्माण व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौं उपत्यकाका तीन जिल्लामा योजनाबद्ध नयाँ व्यवस्थित सहर विकास गर्न ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गरी जनजीवन सहजीकरण गर्ने भन्दै यो अवधारणा ल्याइएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x