समाचार

यार्सागुम्बा टिप्न गएका दुई युवकको लेक लागेर मृत्यु

यार्सागुम्बा टिप्न गएका मुगुका दुई युवकको लेक लागेर मृत्यु भएको छ।

छायानाथ रारा नगरपालिका-१२ शोभा गाउँका मानबहादुर बुढा र कम्फा गाउँका शोभान बुढालाई मुगु पाटनको ठूलो काइकिमा लेक लागेको थियो। बिरामी परेका दुवै जनालाई उपचारका लागि मुगु गाउँ ल्याइएको थियो। उपचारका क्रममा उनीहरू मृत्यु भएको त्यही रहेका सशस्त्र प्रहरी बलका जवान तिलक बढुवालले बताए।

जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सागुम्बा टिप्नमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको बताए। लेक लागेर एक जना बिरामी परेका छन्। सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर रावतलाई उपचारका लागि मुगु पाटनबाट मुगु गाउँतर्फ ल्याउँदै गरेको थापाले बताए।

गत वर्ष यार्सागुम्बा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो। मुगुका २४ भन्दाबढी  क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगु मकार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गतेबाट प्रवेश खुला गरेको छ।
source himalkhabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x