समाचार

५ वर्षदेखि अलपत्र सडकको काम सुरु

उपल्लो मुस्ताङमा विगत ५ वर्षदेखि अलपत्र परेको (चराङ-छोसेर) २५ किलोमिटर ग्राभेल सडकको काम सुरु गरिएको छ। २०७३/०७४ सालमा ठेक्का सम्झौता भएको (चराङ-छोसेर) सडक निर्माण कम्पनीको ढिलासुस्तीले ढिला भएको थियो।

भारतीय नाकाबन्दी सुरुवाती चरणमा कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजना सुरु भएको थियो। चीनको कोरला नाकासम्म सडक स्तरोन्नति गर्न आयोजनाले पहिलो चरणमा बेनी-जोमसोम ७४ किमी कालोपत्रे र दोस्रो चरणमा जोमसोम-कोरला ११० किमी ७ खण्डमा ग्राभेल गर्ने गरी बजेट विनियोजन भएको थियो।

जोमसोम-झैते ४ खण्ड र झैते -कोरला ३ खण्ड गरी ७ खण्डमा ग्राभेल सडक विस्तार गर्न ७ वटा सेसनमा ठेक्का लगाइएको थियो। त्यसबेला ग्राभेल सडक निर्माण गर्न लगाइएका ७ खण्ड सेसन मध्ये ६ वटा सेसन २०७६ साल अगावै निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको थियो।

तर, जोमसोम -कोरला ६ वटा सेसन आयोजनालाई हस्तान्तरण हुँदा चराङ-छोसेर सडकको काम निर्माण कम्पनीले अलपत्र छोडेको थियो।

७ वर्षअघि २४ करोड लागतमा तामाङ/गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभी कन्स्ट्रक्सनले चराङ-छोसेर सडकको ठेक्का हात पारेको  थियो। सडकका लागि सुरुवाती चरणमा काम गरेको जोइन भेन्जर काशी एण्ड न्यौपाने कन्स्ट्रक्सनले काम गर्ने गरी फिल्डमा परिचालन भएको थियो।

तर, यो कम्पनीले आधा भन्दा केही प्रतिशत बढी काम गरेपछि काम गर्न नसकेर सम्पर्कविहीन बनेको थियो। त्यसपछि आँकलझुकल काम गरेको जस्तो गरेर आयोजनाको आँखामा छारो हाल्ने काम गरे पनि निर्माणको काम ८५ प्रतिशत पुग्दा चराङ-चराङ छोसेर सडकको काम ठप्पै भयो।

यो सडकको काम हेन्डल गरेको कोशी एण्ड न्यौपाने जेभी काममा नफर्किएपछि पछिल्लो समय कालोसूचीबाट जोगिनकै लागि भए पनि जोइनको अर्को पार्टनर गौरी पार्वती काममा फर्किएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए। sources annapurna

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x