राष्ट्रिय

बजेटले विकासतर्फ होइन ऋणको पासोमा लैजान्छ

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक बर्षको बजेटमा कुनै नयाँ योजना नरहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा बजेटमाथि बोल्दै उनले बजेटले नयाँ कार्यक्रम नल्याएको तर असीमित दायित्व थप्ने काममात्र गरेको बताए ।

बजेटले समेट्नुपर्ने कतिपय विषय नसमेटेको सांसद कार्कीको भनाइ छ । ‘रेमिटयान्सको परनिर्भता कम गर्ने कुनै योजना छैन । रेमिट्यान्स घट्दा के गर्ने कुनै योजना छैन’, उनले भने ।

बजेटले देशलाई विकासतर्फ नभई ऋणको पासोतर्फ लैजाने सांसद कार्कीले बताए । अर्थतन्त्रले गति नलिइसकेको समयमा बजेटले उद्यमी व्यवसायीलाई आशा जगाउनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ ।

बजेटमा राखिएको वैदेशिक ऋण, आन्तरिक ऋण र अनुदानको लक्ष्य महत्वाकांक्षी रहेको भन्दै सांसद कार्कीले धेरै आन्तरिम ऋण उठाउँदा तरलता अभावले निजी क्षेत्र समस्यामा पर्ने बताए ।

source-OnlineKhabarCommunication Minister Karki wins from Sunsari-4 by thin margin - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x