साढे तीन सयलाई तत्कालै रोजगारी दिइने
पोखरामा भएको श्रमाधान रोजगार मेलामार्फत रोजगारदाताले तत्कालै साढे तीन सय जनालाई रोजगारी दिने भएका छन् । मेलामा स्टल राखेका रोजगारदाताले रोजगारी दिने पदबारे लिखित जानकारी दिएको र योग्य कामदारलाई तत्काल रोजगारी दिने आयोजकले जनाएको छ
श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले दुईदिने मेला भव्यताका साथ सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेला रोजगारी दिने र रोजगारी खोज्नेबिचको पुल बनेको छ ।”
मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सिजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैङ्क, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासङ्घ, होटल सरोवर, नेपाल उद्योग परिसङ्घलगायतका कुल ४२ स्टलहरू
थिए ।
source ghorkha patra