समाचार

दशैँ आसपासबाट राष्ट्रिय परिचयपत्रले लाइसेन्सको पनि काम गर्ने, पूर्वतयारीमा हुँदै छन् यस्ता काम

राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्रको पनि काम गर्न सक्ने सरकारी निर्णयको कार्यान्वयन पहिलो चरणमा आगामी दशैँ आसपास काठमाण्डू उपत्यकाबाट थालिने अधिकारीहरूले बताएका छन्।

यातायात व्यवस्था विभागका महानिर्देशकले हाल रहेका सवारी चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने काम सकिएको र तथ्याङ्क आदानप्रदानपछि त्यसको परीक्षणसमेत गरिएको बीबीसीलाई बताए।

नेपाल प्रहरीका एक जना अधिकारीले सुरक्षा विशेषतासहितका मोबाइल फोनमा निश्चित सफ्टवेयरको प्रयोग गरी राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा लाइसेन्स परीक्षण गर्न मिल्ने जनाएका छन्।  sourc : BBC nepali

सवारी चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने विषयमा गएको साउन ३० गते राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x