समाचार

नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई)  ३ सय २० जनाको आवेदन माग

काठमाडौं : नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई)  ३ सय २० जनाको आवेदन माग गरेको छ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो।

समावेशी आधारमा मागिएको आवेदनमा ६४ जन प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ।

दरखास्त दर्ता मिति :-

  • २०८१-०५-३० गतेदेखि २०८१-०६-३० गतेसम्म ।

दरखास्त दस्तुर (राजस्व) :-

  • Online मार्फत दरखास्त पेश गर्दा दस्तुर राजस्व बापत रु.१२००।- (एक हजार दुई सय) बुझाउनु पर्नेछ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा प्रत्येक समूहको लागि २० प्रतिशत (रु.२४०।-) का दरले थप दस्तुर लाग्नेछ ।

उमेर हद :-

  • १. दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको, तर खुला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको राजपत्र अनंङ्कित प्रहरी कर्मचारीको हकमा ३५ वर्ष ननाघेको र प्रहरी जवान वा प्रहरी अधिकृत आधारभूत तालिम गरेको प्रमाण पत्र पेश गर्नु पर्नेछ ।
  • २. प्राविधिक प्रहरी कर्मचारीहरुको हकमा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) प्रारम्भ हुनु भन्दा अगाडी कायम रहेको प्राविधिक प्रहरी नियमावली, २०५८ बमोजिम नियुक्ति भएको वा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) बमोजिम प्राविधिक प्रहरी समूहमा नियुक्ति पाएको प्रहरी कर्मचारीले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदको उम्मेदवारको लागि तोकेको उमेर हद भित्र सेवा प्रवेश गरेको भएमा जनपद प्रहरी समूह तर्फको प्रहरी निरीक्षक पदमा खुला प्रतिष्पर्धा गर्न सक्नेछ ।
  • ३. बहालवाला श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ४० बमोजिम २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

आवश्यक न्यूनतम योग्यता

  • १. शैक्षिक योग्यता: मान्यता प्राप्‍त विश्‍वविद्यालयबाट कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको ।
  • २. नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजायँ नपाएको,
  • ३. मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजायँ नपाएको,
  • ४. राजनैतिक दलको सदस्य नरहेको,
  • ५. आतङ्ककारी संगठनको सदस्य नरहेको,
  • ६. उचाई, छाती र तौलः
    • (क) पुरुष– उचाई घटीमा ५ फिट २ ईन्च, छाती ३१–३३, तौल ५० के.जी.
    • (ख) महिला– उचाई घटीमा ५ फिट, तौल कम्तीमा ४२ के.जी
  • ७.आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,
  • ८. नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको (परीक्षा सञ्चालनको क्रममा हुने),
  • ९. नेपाली नागरिक ।

दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरु :-

  • १. प्रहरी निरीक्षक पदको हकमा ORMS माध्यमबाट Online दरखास्त दिँदा आवश्यक पर्ने कागजातहरू डिजिटल प्रति समावेश गर्नु पर्नेछ ।
  • (क) नेपाली नागरिकताको प्रमाण पत्र ।
  • (ख) हालसालै खिचेको पुरै मुखाकृति (दुबै कान समेत) प्रष्‍ट देखिने System को आवश्यकतानुसारको रेजुलेशन तथा साइज अनुरूपको फोटो (पुरुषको हकमा दाह्री र कपाल काटेको) ।
  • (ग) आफूले प्राप्‍त गरेको शैक्षिक योग्यताको प्रमाण पत्र (प्रत्येक तहको चारित्रिक, स्थायी वा प्रोभिजनल प्रमाणपत्र र मार्कशिट सहित तथा नेपाल बाहिर अध्ययन गरेको हकमा उच्च माध्यमिक शिक्षा परिषद/त्रि.वि.वि.बाट समकक्षता निर्धारणको प्रमाण पत्र (Equivalent Certificate) ।
  • (घ) अमर/अशक्त प्रहरी परिवारको लागि अमर/अशक्त भएको कुरा पुष्‍टि हुने कागजपत्र र नाता प्रमाणित कागजपत्र ।
  • (ङ) आदिवासी/जनजातिका हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्‍ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्‍ठान ऐनमा सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तह/निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनि प्रमाणित गराएको कागजात ।
  • (च) मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनि प्रमाणित भएको तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनि प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
  • (छ) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तह/निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनि प्रमाणित गराएको कागजात ।
  • (ज) पिछडिएको क्षेत्रका लागि (अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला) जिल्लामा स्थायी बसोवास गरी सम्बन्धित जिल्लाबाट नै नागरीकताको प्रमाण पत्र प्राप्‍त गरेको तथा सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट दरखास्त पेश गर्दाका वखतसम्म सोही स्थानमा स्थायी बसोवास भएको भनि प्रमाणित गरेको कागजात दरखास्त फाराम भर्ने दिन भन्दा ३ महिना अगाडि सम्मको सिफारिस हुनु पर्ने । स्थायी बसोवास भएको जिल्ला बाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भएमा नागरीकता जारी भएको जिल्ला प्रशासन कार्यालयबाट सो गर्नु परेको कारण उल्लेख भएको पत्र लिएको हुनु पर्नेछ ।
  • (झ) प्रहरी सहायक निरीक्षक पदको हकमा दरखास्त फारामसँग संलग्न गरी पेश गर्ने कागजातहरुको प्रतिलिपिको पछाडि पट्टि ‘सक्कल बमोजिम नक्कल ठिक छ’ भनि उम्मेदवार स्वयमले अनिवार्य रुपमा दस्तखत गर्नु पर्नेछ ।
  • नोट:- प्रहरी निरीक्षक पदको हकमा दरखास्त दिने उम्मेदवारले विज्ञापनमा तोकिए बमोजिमका कागजातहरू ORMS प्रणालीले तोकिए बमोजिम PDF Format मा अपलोड गर्नुपर्नेछ । साथै उम्मेदवारले आफ्नो फोटो, दस्तखत, औँठा छाप (दाँया/बाँया) र नागरिकताको प्रमाणपत्रको अगाडी/पछाडीको भाग JPG Format मा अपलोड गर्नु पर्नेछ ।

दरखास्त दर्ता तथा दस्तुर राजस्व बुझाउने विधि :-

  • १. नेपाल प्रहरीको अनलाईन दरखास्त पोर्टल https://careers.nepalpolice.gov.np मा गई Registration प्रकृया पुरा गरी प्राप्‍त Username र Password द्वारा Login गरेर आवश्यक सम्पूर्ण विवरण भरी तथा आवश्यक कागजातहरूको स्पष्ट देखिने Scanned Copy Upload गरी Profile १००% पूर्ण भए पश्‍चात आवेदन Submit गर्नु पर्नेछ ।
  • २. Online दरखास्त फाराम Submit गरे पछि प्राप्‍त हुने Application Id अनुरूप बुझाउनु पर्ने दरखास्त दस्तुर Online प्रणालीबाट महालेखाको Portal मा गई Connect IPS, e-Sewa वा Khalti मार्फत बुझाउन सकिनेछ । Offline प्रणालीबाट भुक्तानी गर्दा EBP Code सहितको भौचर download गरी दरखास्त संकलन केन्द्र अनुसारको राजस्व खाता भएको सम्बन्धित बैंकमा गई भुक्तानी गर्न सकिनेछ ।

परीक्षा विधि :-

  • (क) प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा,
  • (ख) विस्तृत स्वास्थ्य परीक्षण,
  • (ग) लिखित परीक्षा (लोक सेवा आयोगबाट सञ्चालन हुने हुँदा आयोगद्वारा तोकेको परीक्षा केन्द्रहरुमा सञ्चालन हुने),
    • • वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्‍नको गलत उत्तर बापत २०% अंक कट्टा गरिने व्यहोरा जानकारी गराईन्छ ।
    • • वस्तुगत बहुउत्तर प्रश्‍नको उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षर (Capital Letter) मा A,B,C,D लेखिएको उत्तरलाई मात्र मान्यता दिइनेछ ।
  • (घ) विशेष स्वास्थ्य परीक्षण,
  • (ङ) सक्षमता परीक्षण र अन्तरवार्ता ।

परीक्षा संचालन हुने स्थान:-

  • (क) प्रदेश प्रहरी कार्यालयहरू र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी काठमाण्डौमा दरखास्त दर्ता गरेका सम्पूर्ण उम्मेदवारहरुको हकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा संचालन हुने ।
  • (ख) विस्तृत स्वास्थ्य परीक्षण र विशेष स्वास्थ्य परीक्षण नेपाल प्रहरी अस्पताल, महाराजगंज काठमाण्डौमा र सक्षमता परीक्षण तथा अन्तरवार्ता परीक्षा नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाण्डौमा संचालन हुने ।

विज्ञापन सम्बन्धी विशेष सूचना :-

  • सम्मानित सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाण्डौ समेत विपक्षी रहेको रिट नम्बर ०७८-WO-०६६२ समेतका उत्प्रेषणका निवेदनहरूमा मिति २०७९/१०/२४ मा जारी भएको परमादेशको आदेश बमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानूनी प्रबन्ध मिलाए पछि कायम हुन आउने कूल पदहरू मध्ये समावेशी समूहमा पर्ने पदको अनुपातको हिसावबाट आ.व.२०७९/८० मा समावेश नगरिएबाट वास्तविक रूपमा गुम्न गएका पदहरू समेत समेटि हुन गएको क्षतिको समेत पूर्तिका सम्बन्धमा कानूनमा व्यवस्था भए बमोजिम गर्ने गरी हाललाई प्रचलित कानून बमोजिम पदपूर्ति गर्ने गरी यो सूचना प्रकाशन गरिएको छ ।

पुनश्‍च:

  • १. हरेक चरणको परीक्षा समाप्‍ती पश्‍चात् नतिजा प्रकाशन गरिनेछ र उत्तीर्ण उम्मेदवारहरुलाई मात्र अर्को चरणको परीक्षामा सम्मिलित गराइनेछ ।
  • २. परीक्षा संचालन गर्दा खुला तथा समावेशी तर्फको एउटै परीक्षा संचालन गरीनेछ र निजहरुले प्राप्‍त गरेको अंकको आधारमा समावेशी तर्फका उम्मेदवारहरु बिच मात्र छुट्टा-छुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ ।
  • ३. प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १३ को उपनियम (५) बमोजिम पदपूर्ति समितिबाट विज्ञापन प्रकाशन भएपछि दरबन्दी थप वा खाली भई पद रिक्त भएमा लिखित परीक्षाको नतिजा प्रकाशन हुनु भन्दा अगाडि सो पदपूर्ति समितिले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी सोही विज्ञापनमा सो संख्या समेत थप गर्न सक्नेछ ।
  • ४. Online दरखास्त पेश गर्दा आवश्‍यक प्रमाणपत्रहरुको Scanned Copy अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ । साथै पेश भएका प्रमाणपत्रहरुको जिम्मेवारी उम्मेदवार स्वयंले लिनुपर्नेछ ।
  • ५. तोकिएको म्याद भित्र दाखिला नभएका वा शर्त पुरा नभएका वा रीत नपुगी भरिएका वा दरखास्त दस्तुर नबुझाएका दरखास्त जुनसुकै समयमा रद्द गर्न सकिनेछ ।
  • ६. तोकिएको शर्त पुरा नभई दरखास्त अस्वीकृत भएमा दरखास्त दस्तुर फिर्ता हुने छैन् ।
  • ७. प्रहरी निरीक्षक पदको हकमा विशेष स्वास्थ्य परीक्षणमा उत्तीर्ण हुने उम्मेदवारले अन्तरवार्ता दिन आउँदा दरखास्त साथ पेश गर्नुपर्ने भनि उल्लेख गरिएका आवश्‍यक प्रमाणपत्र/कागजातहरूको सक्कल सहित आफैले ‘सक्कल बमोजिम नक्कल ठिक छ’ भनि प्रमाणित गरेको प्रतिलिपि समेत अनिवार्य रुपमा साथमा लिई आउनु पर्नेछ ।
  • ८. Online दरखास्त दिने सम्बन्धी जानकारी मूलक Tutorial Video नेपाल प्रहरीको आधिकारिक YouTube Channel मा हेर्न सकिनेछ ।
  • ९. यस विज्ञापन सम्बन्धी सूचना तथा विभिन्न चरणमा लिइने परीक्षाहरुको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत हेर्न सकिनेछ । प्रहरी सहायक निरीक्षक पदको हकमा दरखास्त फाराम सोही वेबसाइटबाट डाउनलोड गरी आवश्यक कागजातहरु संलग्न राखि तोकिएको कार्यालयमा पेश गर्न सकिनेछ ।
  • नोट :- Online दरखास्त फाराम भर्दा कुनै द्विविधा भएमा नेपाल प्रहरीको टेलिफोन नं. ०१-४४११२१० मा सम्पर्क गरी वा Email: ormscareer@nepalpolice.gov.np बुझन सकिनेछ ।

सम्पर्क मिति र स्थान :-

मिति २०८१-०७-१२ गते दरखास्त फाराम दर्ता गर्ने सम्बन्धित प्रहरी कार्यालयहरूमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा तालिका प्रकाशन गरिने तथा नेपाल प्रहरीको वेभसाईट: www.nepalpolice.gov.np मा समेत सो सम्बन्धी जानकारी राखिने व्यहोरा सम्बन्धित उम्मेदवारहरुलाई सूचित गरिन्छ.

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x