राष्ट्रियविचारसमाचार

राधा अष्टमी पर्व विशेष: श्यामा श्याम धाम, भक्तपुरमा पाँच-दिने आध्यात्मिक शिविर सम्पन्न

भक्तपुर,२०८१ अष्टमीको पावन अवसरमा श्यामा श्याम धाम, राधे राधे भक्तपुरमा एक विशेष पाँच-दिनेMay be an image of 1 person and text आध्यात्मिक शिविरको आयोजना गरिएको थियो। यो शिविर भाद्र महिनाको २५ गत्ते देखि २९ गत्ते सम्म संचालन भएको हो, जसमा नेपालका विभिन्न भागहरूबाट सयौं भक्तजनहरूले भाग लिएका थिए। भक्तजनहरूले पाँच दिनसम्म घरपरिवारबाट टाढा रहँदै आध्यात्मिकता, आचरण, अनुशासन आदिमा सुधार ल्याउन गहिरो साधना गरेका थिए उहाँको जन्मको दिन, शुक्ल पक्षको अष्टमी तिथिमा, संसारभरका भक्तजनहरूले उहाँको अद्वितीय प्रेममा बिलिन  हुन्छन्।

राधा अष्टमी श्रीकृष्णकी आराध्य,  श्री राधाको जन्मदिनको रुपमा मनाइन्छ। हिन्दू धर्मग्रन्थका अनुसार, राधा देवी कृष्णको दिव्य प्रेम र भक्ति शक्तिको प्रतीक हुन्। उनको जन्म भाद्रपद शुक्ल अष्टमीको दिन भएको मानिन्छ। राधा रानीलाई केवल श्रीकृष्णको प्रेमिका वा साथीका रुपमा मात्र होइन, भक्ति र प्रेमको सबैभन्दा उच्च स्वरुपको रुपमा मानिन्छ। राधाको जीवनले हामीलाई  प्रेम र भक्ति निस्वार्थ हुनु पर्छ, र उहाँले हामीलाई सन्देश दिनुहुन्छ कि साँचो प्रेम भनेको आफ्नो इच्छाहरू, अहंकार र अपेक्षाहरूलाई त्यागेर, केवल ईश्वरको सेवामा समर्पित हुनु हो।

राधा देवीको जन्म कथा स्वर्गको साक्षात्कार झैँ अद्भुत छ। उहाँलाई वृशभानु महाराजले कमलको फूलमा तालको किनारमा पाएका थिए। उहाँको जन्म नै दिव्यताको प्रतीक हो, र उहाँको प्रेमले संसारलाई प्रेमको निस्वार्थ स्वरूप सिकाएको छ।

धामका नियमहरू अनुसार, सबै भक्तजनहरूले निर्धारित समयमा  कार्यहरू गरेका थिए। यस क्रममा अनुशासनमा बसेर आध्यात्मिकताको गहिरो अनुभूति गर्दै आफूलाई भगवानप्रति समर्पित गरेका थिए। गुरुहरूका प्रवचनहरूले भक्तजनहरूलाई जीवनका विभिन्न पक्षहरूको महत्त्व बुझाउन मद्दत पुर्यायो। प्रवचनहरूमा भक्ति मार्गको महत्त्व, आचरणको सुधार, र अनुशासनको पालनाबारे गहिरो शिक्षा दिइएको थियो। रुपध्यान र साधनाका माध्यमबाट उनीहरूलाई आत्म-चिन्तन गर्न प्रेरित गरियो, जसले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्यो।

राधा अष्टमीको यस शिविरले भक्तजनहरूलाई आत्म-अवलोकन गर्दै आफ्नो आध्यात्मिक मार्ग सुधार गर्न, अनुशासनको महत्त्व बुझ्न, र जीवनलाई प्रेम र भक्ति मार्फत सार्थक बनाउने प्रेरणा दियो।श्री राधा रानीले आफ्नो जीवन र प्रेमबाट हामीलाई सिकाउनुहुन्छ कि साँचो भक्ति भनेको केवल बाह्य आचरण होइन, बरु हाम्रो मनलाई ईश्वरप्रति पूर्ण रूपले समर्पित गर्ने अभ्यास हो। राधा अष्टमीको पर्वले हामीलाई संसारका भौतिक वस्तुहरू क्षणिक हुन्, र साँचो आनन्द भनेको ईश्वरप्रतिको सच्चा समर्पणमा छ भन्ने कुराको सन्देश दिन्छ।सहभागिहरुले यो शिविर मार्फत पुर्णरुपले अध्यात्ममिक क्षेत्रमा सुधार आएको भनि खुसी प्रकट गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x