एक वर्षमै भित्रियो पौने ७ अर्बको लसुन
६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा पौने ७ अर्ब रुपैयाँ हाराहारीको लसुन आयात भएको छ ।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको एक वर्ष अवधिको तथ्यांकले ६ अर्ब ७५ करोड ४० लाख २८ हजार रुपैयाँ बराबरको ५१ हजार २ सय ५५ टन लसुन आयात भएको देखाउँछ ।
