राष्ट्रियसमाचार

अविरल वर्षाबाट आएको बाढीले ६४ वर्षीय उपेन्द्र यादवको मृत्यु, प्रभावित परिवारलाई भोक्राहा नरसिंह गाउँपालिकाबाट राहत वितरण

सुनसरी — अविरल वर्षाका कारण सुनसरी खोलामा आएको भीषण बाढीले भोक्राहा नरसिंह गाउँपालिका–७ का ६४ वर्षीय उपेन्द्र यादवको मृत्यु भएको छ। प्राकृतिक विपत्तिबाट भएको यस दुःखद घटनापछि गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले तत्काल घटनास्थलको जानकारी लिएर मृतकको परिवारलाई राहत सामग्री वितरण गरिएको जानकारी दिनुभयो।

पालिकाका अनुसार मृतक यादवको परिवारलाई तत्काल सहयोगस्वरूप खाद्यान्न सामग्री अन्तर्गत चामल २ बोरा, भुजा १ बोरा, खाने तेल ५ लिटर, दाल २ किलो, चिनी २ किलो, चिया पत्ती १ प्याकेट, नुन ५ किलो, मिनरल पानी २ कार्टुन, नुहाउने साबुन १ दर्जन र लुगा धुने साबुन १ दर्जन प्रदान गरिएको हो।

अध्यक्ष अजादका अनुसार पालिकाले विपद्मा परेका नागरिकको सहयोगका लागि आवश्यक व्यवस्थापनका कामलाई निरन्तरता दिइरहेको छ। उहाँले भन्नुभयो, “हामी प्रभावित परिवारसँगै छौं। पालिकाको तर्फबाट यथासम्भव सहयोग र राहत पु-याउने प्रयास जारी रहनेछ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x