भोक्राहा नरसिंहमा अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
सुनसरी, २९ माघ २०८२ — भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिता २०८२ माघ २९ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
जामिया इस्लामिया, भोक्राहा नरसिंह–२ मा आयोजित उद्घाटन समारोहमा गाउँपालिकाका जनप्रतिनिधि, अजमल अख्तर मियाँ, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्षले गर्दै विद्यार्थीहरूलाई खेलमार्फत अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न आग्रह गर्नुभयो।
गाउँपालिकाले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता खेलकुद कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। प्रतियोगिताले स्थानीय स्तरमा खेल प्रतिभा पहिचान तथा प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
भोक्राहा नरसिंह गाउँपालिका स्तरीय अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिताका विभिन्न तस्बिरहरू:

