खेलकुद

खोखो विश्वकप प्रतियोगिताको फाइनलमा नेपाली महिला टोली

नेपाली महिला राष्ट्रिय खोखो टोलीले भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजित पहिलो खोखो विश्वकप प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। शनिबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

यसअघि, समूह चरणमा नेपाली महिला टोलीले अपराजित यात्रा कायम राख्दै भुटानलाई ९३–२४, जर्मनीलाई ७३–३४, श्रीलङ्कालाई ११०–१०, र बङ्गलादेशलाई ८४–२४ ले पराजित गरेको थियो। क्वार्टरफाइनलमा नेपालले इरानलाई १०३–८ को विशाल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

यस ऐतिहासिक उपलब्धिसँगै, नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पहिलो पटक स्थान बनाएको छ। फाइनल खेल आइतबार, माघ ६ गते (जनवरी १९, २०२५) मा हुनेछ।
#नेपाली महिला राष्ट्रिय खोखो टोली# फाइनल
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x