Gen-G आन्दोलन र आगजनीपछि पनि सेवा निरन्तर: भोक्राहा नरसिंह गाउँपालिकाको
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा हालै भएको Gen-G विरोध प्रदर्शन र आगजनीका घटनापछि पनि गाउँपालिकाले आफ्नो नियमित सेवा प्रभावित हुन नदिएको जनाएको छ।
कार्यालय भवन आसपास क्षति पुगेको भए पनि स्थानीयवासीलाई सहज बनाउन गाउँपालिकाले सेवा प्रवाह सुरु गरेको छ। नागरिकलाई आवश्यक प्रशासनिक कागजी काम, दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका सेवाहरू निरन्तर रुपमा दिइरहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख अजमल अख्तर मियाँ ले भन्नुभयाे विपरीत परिस्थितिले काम रोकिँदैन, नागरिक सेवामा अवरोध नहोस् भनेर हामीले वैकल्पिक व्यवस्था मिलाएका छौँ।” स्थानीयवासीले पनि सेवामा निरन्तरता दिएको गाउँपालिकाको कदमको प्रशंसा गरेका छन्।
हालै भयकाे अागजानी र ताेडफाेडबाट पालिकामा करिब ७२कराेड काे सामग्री जलेर नष्ट भएकाे छ। पालिकाकाे भबन पुर्ण रूपामा क्षति भएकाे छ । गाउँपालिका अध्यक्ष ले जाे काेही भएपनि यस्ताे कृयाकलापमा संलगन्र लाइ कानुनी दायरामा ल्याएर कारबाही गरिने बताउनु भयाे।


