दार्चुलाको लेकम गाउँपालिकामा उचाकोट–पट्युडी–बडिपुर सडक निर्माण सुरु
दार्चुला । लेकम गाउँपालिकामा पर्ने उचाकोट–पट्युडी–बडिपुर सडक निर्माण कार्य सुरु भएको छ। सडक निर्माण सुरु भएसँगै लेकम गाउँपालिका वडा नम्बर ६ र वडा नम्बर १ छोटो दूरीमै सडक सञ्जालमा जोडिने भएका छन्।
गाउँपालिका अध्यक्ष रामदत्त जोशी, प्रमुख प्रशासकीय अधिकृत दीपकराज जोशी, वडा अध्यक्षहरू हरिबहादुर साउँद र नवराज पन्तलगायत सरोकारवालाबीचको समन्वयपछि सडक निर्माणमा सहमति जुटेको हो। छलफलपछि स्थानीयवासीले समेत निर्माण कार्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाइएको छ।
सडक निर्माण पूरा भएपछि स्थानीयवासीको आवागमन सहज हुने, सेवा–सुविधामा पहुँच बढ्ने र आर्थिक तथा सामाजिक गतिविधि विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्रोत : लोकदर्पण टिभी
#दार्चुला
#लेकमगाउँपालिका
#उचाकोटपट्युडीबडिपुरसडक
#सडकनिर्माण
#स्थानीयविकास
#पूर्वाधारविकास
#ग्रामीणसडक
#वडानम्बर१
#वडानम्बर६
#विकासतर्फएकपाइला
#समृद्धगाउँपालिका
