वराहपोखरी गाउँपालिकाद्वारा ७५% अनुदानमा अलैंची खेती विस्तारका लागि प्रस्ताव आह्वान
खोटाङ: वराहपोखरी गाउँपालिकाको कृषि विकास शाखाले गाउँपालिका स्तरीय अनुदान प्राप्त कृषि विकास कार्यक्रम अन्तर्गत अलैंची खेती विस्तार कार्यक्रमका लागि दोस्रो पटक प्रस्ताव आह्वान गरेको छ। गाउँपालिकाले इच्छुक कृषक, कृषि समूह, सहकारी, र कृषि फार्महरूबाट १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ।
मुख्य विवरणहरू
- अनुदान प्रतिशत: ७५ प्रतिशत
- कुल विनियोजित रकम: रु. २,५०,०००/- (दुई लाख पचास हजार)
- कार्यक्रम सञ्चालन हुने स्थान: सबै वडाहरू
आवेदनका लागि आवश्यक कागजातहरू
आवेदन दर्ता गर्न कृषक तथा कृषि उद्यमीहरूले कृषि तथा पशु सेवा शाखामा देहायका कागजातहरू बुझाउनुपर्नेछ:
- आवेदन फारम
- कृषक समूह/सहकारी/कृषि फार्म/कृषि उद्यमीको विवरण: नाम, ठेगाना, सम्पर्क नम्बर, दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि (व्यक्तिगत कृषकको हकमा अनिवार्य नपर्ने)।
- निर्णयको प्रतिलिपि: अनुदान कार्यक्रममा भाग लिन चाहेको क्षेत्र खुलाएको समूह वा सहकारीको निर्णय।
- जग्गा सम्बन्धी कागजात: कार्यक्रम सञ्चालन हुने स्थलको स्वामित्व देखिने कागजातको प्रतिलिपि वा भाडाको जग्गा भएमा कम्तिमा ५ वर्षको करारनामा।
- नागरिकता: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
- कार्ययोजना: व्यवसायको संक्षिप्त कार्ययोजना।
- प्रतिवद्धता पत्र: कम्तिमा ५ वर्ष सम्म व्यवसाय सञ्चालन गर्ने लिखित प्रतिवद्धता।
- कर चुक्ता प्रमाणपत्र (व्यक्तिगत कृषकको हकमा अनिवार्य नपर्ने)।
- लेखा परीक्षण प्रतिवेदन: आ.व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन (व्यक्तिगत कृषकको हकमा अनिवार्य नपर्ने)।
- सिफारिस: सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र।
