वन कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटना के हो?
शनिबार कैशनिबार कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरुले भीरबाट धकेलेर खसालेको घटनाको भिडियो भाइरल बनेको छ । उक्त टेम्पोमा धनादेवीले सामान राखेर बिक्री गर्दै आएकी थिइन् ।
कैलालीको गोदावरीमा वन कार्यालयका कर्मचारीले एक महिलाको टेम्पो भीरबाट खसालेको घटना सार्वजनिक भएपछि आलोचना भइरहेको छ।
वन कार्यालयले वन अतिक्रमण हटाउने अभियान अन्तर्गत टेम्पो हटाइएको दाबी गरे पनि पीडित धनादेवी धामीले आफ्नो गुजारा चलाउने साधन गुमाएको बताएकी छन्।
घटनापछि कर्मचारीको व्यवहारप्रति सर्वसाधारणदेखि सांसदसम्मले प्रश्न उठाएका छन्।
काठमाडौँ — वन कार्यालय कैलालीका कर्मचारीले गोदावरीमा एउटा टेम्पो धकेलेर भीरबाट खसालेको दृश्य सामाजिक सञ्जालमा भाइरल छ । घटना शनिबारको हो । भिडियो नै सार्वजनिक भएपछि सर्वसाधारणदेखि सांसदहरुसम्मले घटनामा वन कर्मचारीहरुको व्यवहारको आलोचना गरिरहेका छन् ।
गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरुले भीरबाट धकेलेर खसालिदिएका थिए । अनेकौ हारगुहार गर्दा पनि आफ्नो टेम्पो उनीहरुले भीरबाट खसालिदिएको धामीले बताइन् । धामीले घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडास्थित सडक छेउमा टेम्पोमा सामान लिएर बेच्ने गर्थिन् ।
डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरुले उनीमाथि पनि वन अतिक्रमण गर्ने गरेको दाबी गर्दै टेम्पो भीरबाट खसालिदिएका हुन् ।
टेम्पो भीरबाट खसाल्नुअघि वनका कर्मचारीहरुले टेम्पोबाट सामान झारेका थिए । ‘बरु टेम्पो घर लैजान्छु, अबदेखि यहाँ समान बेच्न आउँदिन भनेर हारगुहार गर्दा पनि कसैले सुन्न चाहेनन्, कर्मचारीहरुले धकेलेर टेम्पो भीरबाट खसाले’, धामीले भनिन् ‘वरिपरि झुम्मिएकाहरु भिडियो खिच्दै रमाए, कसैले पनि त्यो नगर्न भनेनन् ।’
ता वन कार्यालयले भने वन अतिक्रमण हटाउने अभियानका क्रममा टेम्पो हटाइएको जनाएको छ । सब–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्ण बोहराले उक्त टेम्पो एक महिनाअघि पनि हटाइएको बताए । उनले भने, ‘सवारी बोक्ने चालु अवस्थाको टेम्पो होइन, कवाड भइसकेको टेम्पोलाई छाप्रोका रुपमा प्रयोग गरेर पसल चलाउँदै आएकी थिइन् ।’
एक वर्षअघि छोराले टेम्पो किनिदिएको धामीले बताइन् । ‘अहिले मेरा तीनै छोरा भारतको बैंग्लोरमा मजदुरी गर्न गएका छन् । घरमा म, जेठी बुहारी र मेरा श्रीमान् मात्र छौं । चिया, अण्डा, चाउचाउ, पानी लगायतका सामानहरु बेच्थेँ,’ उनले भनिन्, ‘दिनको चार–पाँच हजारको बिक्रीबाट हुने आम्दानीले घर गुजारा चलाउने गरेको थिएँ ।’
