पालिका खबरसमाचार

चाँगुनारायण बन्यो देशकै पहिलो ‘योग नगरपालिका’, ३ दिने शिविर भव्यताका साथ सम्पन्न

भक्तपुर । चाँगुनारायण नगरपालिका देशकै पहिलो “योग नगरपालिका” घोषित भएको छ। नगरपालिकालाई ‘योग नगर’ बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको ३ दिने बृहत योग विज्ञान शिविर सफलतापूर्वक सम्पन्न भएसँगै यो ऐतिहासिक घोषणा गरिएको हो।
शिविर समापनका अवसरमा नगरवासी, सहयोगी संस्था, प्रशिक्षक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले यस अभियानले नगरमा नयाँ इतिहास रचेको जनाएको छ। योगमार्फत स्थानीय नागरिकहरूमा स्वस्थ, सकारात्मक र अनुशासित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त शिविरमा नगरवासीहरूको उत्साहजनक र उल्लेखनीय सहभागिता रहेको थियो।
नगरपालिकाका अनुसार, यो घोषणासँगै आगामी दिनमा नगरका हरेक क्षेत्रमा योग र स्वस्थ जीवनशैलीका कार्यक्रमहरूलाई थप प्राथमिकताका साथ अगाडि बढाइनेछ। अभियानलाई सफल बनाउन अहोरात्र खटिने योग प्रशिक्षक, संघ-संस्था तथा सम्पूर्ण नगरवासीहरूमा नगरपालिकाले हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x