पालिका खबरराष्ट्रियसमाचार

मायादेवी गाउँपालिकामा नि:शुल्क सीपमूलक तालिम सञ्चालन हुँदै: खाना, बस्न र भत्ताको पनि व्यवस्था

कपिलवस्तु । मायादेवी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय (पकडी, कपिलवस्तु) ले स्थानीय युवाहरूका लागि नि:शुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै इच्छुक बेरोजगार युवाहरूलाई यस अवसरको लाभ लिन आह्वान गरेको छ।
पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रालिको समन्वयमा यो तालिम सञ्चालन हुन लागेको हो। वैदेशिक रोजगार वा स्वदेशमै रोजगारी तथा उद्यमी बन्न चाहने युवाहरूलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो।
तालिम अवधिभर सहभागीहरूका लागि नि:शुल्क खाना, बस्न र तालिमको व्यवस्था गरिएको छ। यसका साथै प्रत्येक महिना रु. १,००० (एक हजार) निर्वाह भत्ता समेत उपलब्ध गराइने सूचनामा उल्लेख छ।
तालिम दिने संस्था, स्थान, तालिमका विषयहरू, समयावधि, सहभागीको उमेर-हद, शैक्षिक योग्यता तथा अन्य सेवा सुविधाहरूको विस्तृत विवरण सूचना पत्रको साथमा संलग्न कागजातहरूमा उल्लेख गरिएको छ।
थप जानकारी तथा आवेदनका लागि मायादेवी गाउँपालिका अन्तर्गतको “रोजगार सेवा केन्द्र” मा वा रोजगार संयोजक सुरेन्द्र कर्मी (सम्पर्क नं: ९८२१९८७४७४) सँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x