पालिका खबरसमाचार

चौरपाटी गाउँपालिकाद्वारा तथ्यांक संकलनकर्ता (गणक) पदका लागि आवेदन आह्वान

अछाम । पालिकाचौरपाटी गाउँ गाउँ कार्यपालिकाको कार्यालयले किसान सूचीकरण कार्यक्रमका लागि करार सेवामा तथ्यांक संकलनकर्ता (गणक) पदमा दरखास्त आह्वान गरेको छ।
गाउँपालिकाको कृषि विकास शाखातर्फ स्वीकृत वार्षिक कार्यक्रम अनुसार, किसान सूचीकरण प्रणाली व्यवस्थापनका लागि आवश्यक तथ्यांक संकलन गर्न ७ जना गणक माग गरिएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजातसहित कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।
आवश्यक न्यूनतम योग्यता र कागजातहरू:
  • मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने।
    • व्यक्तिगत निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्र र नेपाली नागरिकताको प्रतिलिपि।
    • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ प्रति।
    • इन्टरनेट चलाउन सक्ने र एन्ड्रोइड फोन, स्मार्टफोन, ट्याब्लेट वा ल्यापटप भएको हुनुपर्ने।
    छनोट प्रक्रिया:
    आवेदकहरूको प्रारम्भिक योग्यताक्रम सूची प्रकाशन र अन्तर्वार्ता परीक्षाको माध्यमबाट अन्तिम छनोट गरिनेछ। सेवा सुविधा किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि, २०७७ बमोजिम हुने सूचनामा उल्लेख छ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x