धर्म संस्कृतिपालिका खबरसमाचार

मध्यपुर थिमीमा उपत्यकाव्यापी खुल्ला धिमे बाजा प्रतियोगिता हुने

मध्यपुर थिमि नगरपालिकाले कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले उपत्यकाव्यापी खुल्ला धिमे बाजा प्रतियोगिता आयोजना गर्ने भएको छ।नगरपालिकाको आयोजनामा तथा राज गणेश थिमि दबुको सहकार्यमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका सांस्कृतिक समूह, गुठी तथा संघसंस्थाहरूले सहभागिता जनाउन सक्नेछन्।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक समूहहरूले तोकिएको मितिभित्र फाराम दर्ता गर्नुपर्नेछ। प्रतियोगिताका लागि प्रति समूह रु. १ हजार दर्ता शुल्क निर्धारण गरिएको छ।

प्रतियोगितामा प्रथम हुने समूहले रु. ४५ हजार ५५५ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै दोस्रो पुरस्कार रु. ३५ हजार ५५५, तेस्रो पुरस्कार रु. २५ हजार ५५५ तथा सान्त्वना पुरस्कार रु. १० हजार ५५५ प्रदान गरिनेछ। साथै निर्णायक मण्डलको विशेष छनोट (Judge Choice) हुने समूहलाई रु. ५ हजार ५५५ सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।

प्रतियोगितामा मौलिक बाजा, समूहको प्रस्तुति, ताल–लय, वेशभूषा, सांस्कृतिक पक्ष तथा समग्र प्रदर्शनका आधारमा मूल्यांकन गरिने नगरपालिकाले जनाएको छ।नगर प्रमुख सुरेन्द्र श्रेष्ठले यस्ता कार्यक्रमले नेवारी कला, संस्कृति र मौलिक बाजा परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उपत्यकाभरिका सांस्कृतिक समूहलाई सहभागिताका लागि आग्रह गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x