राष्ट्रियसमाचार

भरतपुरमा मतगणना : वडा १ बाट भयो शुरु

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकामा मतगणना शुरु भएको छ। चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रको ब्लक सीमा केही बेरअघिबाट मतगणना शुरु भएको हो। २९ वडा रहेको भरतपुरको मत वडा १ को रामनगर मावि र आदिकवी भानु माविमा खसेको मत अहिले गणना भइरहेको निर्वाचन आयोगले जनायो।

भरतपुरमा गठबन्धनबाट माओवादीकी रेनु दाहाल, एमालेबाट विजय सुवेदी प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका छन्। १ लाख ८५ हजार ७५२ मतदाता रहेको भरतपुरमा ६७ प्रतिशत मत खसेको आयोगले जनाएको छ।

source:pahilopost

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x