राष्ट्रियविजनेशसमाचार

हेटौँडामै पाक्यो स्याउ, स्थानीय उत्पादनको सफल नमुना बन्यो ‘स्यामा वाटिका’

 

हेटौँडा । हेटौँडामै बसेर गुणस्तरीय र स्वादिष्ट स्याउ उत्पादन सम्भव रहेको उदाहरणका रूपमा स्यामा वाटिका एकीकृत कृषि तथा पशुपन्छी फर्म स्थापित हुँदै गएको छ। हेटौँडा–१५ सानो सुकौलीस्थित उक्त फर्मले स्थानीय वातावरणमैत्री प्रविधिबाट स्याउ खेती गर्दै व्यावसायिक उत्पादनमा उल्लेखनीय सफलता हासिल गरेको छ।

फर्मले हाल करिब १५० वटा स्याउका बोटबाट उत्पादन गर्दै आएको छ। बगैँचामा काँचोदेखि पाकेको स्याउसम्म प्रत्यक्ष अवलोकन र स्वाद लिन सकिने व्यवस्था गरिएको छ। साथै, यहाँ उत्पादन गरिएका स्याउका बिरुवा मकवानपुरसहित जिल्ला बाहिरका कृषकलाई समेत उपलब्ध गराइँदै आएको जानकारी फर्म सञ्चालकले दिएका छन्।

स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले मीनाकुमारी लामा नेतृत्वको टोलीले फर्मको अवलोकन गरेको हो। अवलोकनका क्रममा टेकबहादुर वली लगायतका अधिकारीहरूको पनि सहभागिता रहेको थियो।

अवलोकनका क्रममा नगर प्रमुख लामाले स्थानीय उत्पादन, आधुनिक कृषि प्रविधि र आत्मनिर्भर कृषिलाई उपमहानगरले निरन्तर प्रोत्साहन गर्ने बताउँदै यस्ता सफल कृषि उद्यमले अन्य कृषकलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय उत्पादन, कृषकको मेहनत र आधुनिक व्यवस्थापनको समन्वयले हेटौँडामै गुणस्तरीय स्याउ उत्पादन सम्भव भएको सन्देश ‘स्यामा वाटिका’ले दिएको छ।

#हेटौँडा #स्याउखेती #कृषि #स्यामावाटिका #स्थानीयउत्पादन #मकवानपुर #हेटौँडाउपमहानगरपालिका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x