राष्ट्रियसमाचार

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज देशभर सार्वजनिक बिदा

आज श्रीकृष्ण जन्माष्टमी पर्व रहेको छ। आजको दिन हिन्दू धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको पूजा गर्दै मनाउने गर्छन्। भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवको रक्षा गरेका थिए।  श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवीय प्रवृत्तिको सम्हार गरेको पौराणिक ग्रन्थहरूमा उल्लेख छ।

यस्तै कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उनले उपदेश दिने क्रममा व्यक्त गरेको ‘श्रीमद्भागवतगीता’लाई पवित्र ग्रन्थ मानिन्छ। कृष्ण जन्माष्टमीका अवसरमा आज पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ। यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ।आज देशभर सार्वजनिक बिदा  पनि दिइएको छ।

source:ukera

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x