राष्ट्रियसमाचार

भागरथी हत्या प्रकरण : प्रहरीले निकाल्यो यस्तो निष्कर्ष, प्रमाणका लागि फरेन्सिक जाँच

बैतडीको दोगडाकेदार गाउँपालिकास्थित चडेपानीकी भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले कपडा, रगत र ‘भेजाइनल स्वाब’ परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ ।  

१७ वर्षीया भागरथीको गुप्ताङ्गबाट निकालिएको तरल पदार्थ अर्थात् ‘भेजाइनल स्वाब’, रगत, कपडालगायतका नमूना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको हो । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बलात्कारपछि हत्या गरिएको आशंकामा डीएनए परीक्षणका लागि स्वाब विधिविज्ञान प्रयोगशाला पठाएको बताए । 

‘अनुसन्धानमा थप सहयोग पुगोस् र बलात्कार भएको भए डीएनएमार्फत अपराधी पत्ता लगाउन सजिलो होस् भन्ने हिसाबले स्वाब परीक्षण गर्न पठाइएको हो,’ एसएसपी सिंहले लोकान्तरसँग भने, ‘त्यससँगै भागरथीले लगाएका कपडा, रगत पनि परीक्षणका लागि पठाएका छौं ।’

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x