राष्ट्रियसमाचार

आजदेखि देशभरका ७५३ वटै स्थानीय तहका सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

आजदेखि देशभरका ७५३ वटै स्थानीय तहका सामुदायिक विद्यालय एक हप्तासम्म बन्द गरी कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक पनि सरकारले उपलब्ध नगराएको भन्दै देशभरका सामुदायिक विद्यालयका ४० हजार कार्यालय सहयोगी र लेखापालहरू २० साउनदेखि नै आन्दोलित छन् ।

उनीहरूले आजदेखि भदौ १८ गतेसम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द गरेको नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।

गत आर्थिक वर्षको बजेट वक्तव्यमा विद्यालय कर्मचारीको तलब मासिक कम्तिमा १५ हजार पुर्याउने उल्लेख रहेको र त्यसका लागि केन्द्र सरकारले मासिक ८ हजार उपलब्ध गराउने तथा बाँकी रकम सम्बन्धित स्थानीय तहले व्यहोर्ने बजेटमा उल्लेख छ ।

यता, अधिकांश स्थानीय तहहरूले भने बजेट अभाव रहेको भन्दै आफ्नो भागमा पर्ने रकम उपलब्ध गराएका छैनन् । सरकारले तोकेअनुसारको पारिश्रमिक नपाएको भन्दै देशभरका झण्डै २९ हजार सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी आन्दोलित भएका छन् ।

source:farakdhar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x