राष्ट्रियविजनेशसमाचार

सर्वसाधारणको लागि सिटि होटल लिमिटेडद्वारा आईपीओ निष्कासन मिति सार्बजनिक

सिटि होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कम्पनीले चैत २१ गते देखि २०८० वैशाख ५ गतेसम्म आईपीओ बिक्रि खुला गर्ने छ भने सर्वसाधारण लगानीकर्तालाई २०८० वैशाख २५ गतेदेखि २८ गतेसम्म बिक्रि खुला गर्ने छ।  सो अवधिसम्ममा पनि पूर्ण आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताले जेठ ८ गतेसम्म आवेदन दिन सक्ने छन्।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १६ लाख ७४ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको छ भने ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

सर्वसाधारण लगानीकर्ताले बाँकी १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि  न्यूनतम १० कित्ता र अधिकतममा २ हजार कित्ताका दरले आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

श्रोत : नेप्से बजार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x