राष्ट्रियसमाचार

ऊर्जामन्त्री बन्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्ने ऊर्जामन्त्री बन्ने भएका छन्। शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बस्नेतलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी छ। यसअघि ऊर्जा मन्त्रालयमा अमनलाल मोदीको चर्चा थियो। बस्नेतले भने गृह मन्त्रालयमा इच्छा देखाएका थिए। तर, माओवादीको वरिष्ठ उपाध्यक्ष समेत रहेका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने भएपछि बस्नेतलाई ऊर्जा मन्त्रालय दिन लागिएको हो।

माओवादी निकट स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका मोदीलाई भने महिला तथा बालबालिका मन्त्रालय दिने तयारी छ। संघीय मामिला मन्त्रालय भने कांग्रेसको भागमा परेको छ।बस्नेत लगातार तीन पटक संसदीय निर्वाचनमा जाजरकोटबाट निर्वाचित भएका हुन्।  २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट निर्वाचित भएका उनी गत मंसिरमा भएको निर्वाचनमा ३४ हजार १५१ मतसहित निर्वाचित भएका थिए। बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए भने २०७२ सालमा गृहमन्त्री बनेका थिए। २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी वन तथा वातावरण मन्त्री पनि बनेका थिए।

source:nepalkhabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x