राष्ट्रियसमाचार

सवारी चालक थापाको टाउकोको अप्रेसन गरियो , अझै होस खुलेको छैन

काठमाडौँ । घरको छतबाट खसेर गम्भीर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालकको अवस्था स्थिर छ । चितवनको भरतपुर–११ मा रहेको एक घरको छतमा सुतेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा सोमबार बिहान भुईँमा खसेका थिए ।

तत्कालै उनलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएको थियो । मेडिकल कलेजका उपनिर्देशक डा. सुदिप केसीले थापाको टाउकाको शल्यक्रिया गरिएको छ तर, अहिलेसम्म थापाको होस खुल्न सकेको छैन । ‘उहाँको अहिलेसम्म होस आएको छैन । हामीले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौँ’ उपनिर्देशक केसीले भने ।

थापाको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । यो घटनापछि रास्वपा प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई पनि प्रहरीले पक्राउ गरेर बयान लिइसकेको छ ।

source:makalukhabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x