ट्राफिक कारबाहीमा परेकालाई प्रहरीले स्वयंसेवक बनाएर सडकमा खटायो
ट्राफिक कारबाहीमा परेकालाई प्रहरीले स्वयंसेवक बनाएर सडकमा खटायो
१६ जेठ, काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले स्वयसेवकका रुपमा सवारी व्यवस्थापनमा खटाउन थालेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि सचेतना कक्षा लिनुपर्ने किसिमका कारबाहीमा परेकाहरुलाई एक घण्टा ट्राफिक स्वयंसेवकको रुपमा खटाउन थालेको एसएसपी जीवन श्रेष्ठले अनलाइनखबरलाई बताए ।
‘गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार आजबाटै कार्यान्वयनमा गइसकेका छौं, बिहान ९ बजेदेखि ५ बजेसम्म उहाँहरुले सडकमा ट्राफिक व्यवस्थापन गर्नुहुनेछ’, श्रेष्ठले भने, ‘सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायतमा उहाँहरु खटिनुभएको छ ।’

