राष्ट्रियसमाचारस्वास्थ्य

१५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

खोटाङ । १५ औं गणतन्त्र दिवशको अवसरमा खोटाङमा रक्तदान कार्यक्रम गरिएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समिति खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको व्यवस्थापनमा दिक्तेलस्थित पुरानो बेसक्याम्पमा रक्तदान कार्यक्रम गरिएको हो ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले रक्तदान गरेर शुरु गरिएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले जानकारी दिए । संकलन गरिएको रगत रक्तसञ्चार केन्द्र दिक्तेलमा रहने मन्त्री बजिमयको भनाइछ ।

यस्तै, जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् गणतन्त्र दिवस जिल्ला समारोह समितिका संयोजक राईका अनुसार दिवशको पहिलो दिन रक्तदान, दोश्रो दिन सरकारी तथा गैरसरकारी कार्यालय परिषर सरसरफाई र तेश्रो दिन गणतन्त्र शीर्षकमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेर १५ औं गणतन्त्र दिवश मनाइने छ ।

source:news24nepal

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

tadalafil generic usa

tadalafil generic usa

1
0
Would love your thoughts, please comment.x
()
x