धर्म संस्कृतिमनोरन्जनराष्ट्रियसमाचार

अर्घाखाँचीको नुवाकोट हटियामा भैरव नाच सुरु

अर्घाखाँची : अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा नाचिने भैरव नाच नाच्न सुरु भएको छ। भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रुपमा रहेको छ।

नुवाकोट भैरव समाज भूमिकास्थान नगरपालिका  ८, नुवाकोट हटियाको संरक्षणमा रहेको नुवाकोट भैरव समाजको भैरव नाच हटिया बजारमा गएराति नाचेर सुरु गरिएको  नुवाकोट भैरव समाजका रामचन्द्र श्रेष्ठले बताए। नाँच हेर्न हजारौं दर्शकको उपस्थिति रहेको थियो। भैरव नाच नेवार  समुदायभित्र मात्रै होइन अन्य समुदायका बीचमा पनि लोकप्रिय छ।

भैरव नाच सात ताल (पटक)सम्म नाचिन्छ। यसमा काल भैरव मुख्य हुन्छ भने श्वेत भैरव र रक्त भैरव सहायक हुने र  साथमा डंकिनी पनि नाच्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ।  पुरुष नर्तक महिलाको भेषमा श्रृंगार गरेको हुन्छ। यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अंगका रुपमा रहँदै आएको छ। तीन वटै भैरव आफ्नो भूमिकाअनुसारका रङमा  श्रृंगार गरी भगवानको विशाल आकृति निर्माण गरिने लात्तेबाज भैरव नाच संरक्षण समिति तथा भुमिकास्थान नगरपालिका ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए।

सात वटै ताल (पटक)को लय फरक–फरक हुन्छ। नाचलाई रोचक बनाउन लाठी नाच (टाकुनडोली), घोडा नाच, चरा नाच, लाहुरे लाहुरेनी नाच लगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिन्छ।

source:annapurnapost

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

cialis side effects women

cialis side effects women

1
0
Would love your thoughts, please comment.x
()
x