भक्तपुरको एउटा जात्रा जसलाई एउटा परिवारले धानिरहेको छ
भक्तपुर । भक्तपुरको एउटा जात्रा संकटमा परेको छ । सूर्यविनायक गणेश जात्रा संकटमा परेको छ । समुदायको यो जात्रा अहिले एउटा परिवारले जेनतेन चलाइरहेको छ । जात्रा मनाउन आर्थिक अभाब भएपछि सवैजना जात्रा मनाउनबाट पन्छिएका हुन् ।
हाल जात्रा सञ्चालन गरिरहेका भक्तपुर नगरपालिका वडा नं ४ पोटरी स्क्वायरका कृष्ण सुवालका अनुसार पहिला यो जात्रा १६ वटा गुथिहरुले सयुक्त रुपमा सञ्चालन गर्थे । तर आर्थिक अभाबका कारण अहिले ती सवै गुथिहरु जात्रा चलाउने दायित्वबाट पन्छिएका छन् ।
जात्रा संकटमा परेपछि अहिले औपचारिकतामा मात्रै सञ्चालनमा छन् । पहिला जात्राको खट १६ जनाले बोकेर भक्तपुर नगर परिक्रमा गराउँंथ्यौं, जात्रा सञ्चालक कृष्ण सुवालले भने, अहिले खट पनि सानो मात्रै बनाएका छौं र चार जनाले बोके पुग्ने बनाएका छौ ।
उनीहरुका अनुसार जात्रा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सूर्यविनायक गणेश मन्दिरबाट सुरु हुन्छ । सुरुमा सूर्यविनायक गणेश मन्दिरमा पूजाआजा हुन्छ । त्यसपछि त्यहाँं भजनकीर्तन पनि हुन्छ । तर अहिले भजन पनि बन्द भएको छ । साथै पहिला सहभागीहरुको संख्या पनि हजारौ हुन्थ्यो । तर अहिले यो जात्रा परिवारको एक दुई दर्जन मानिसबाट औपचारिकतामा मात्रै सिमित छ ।
उनीहरुका अनुसार सुरुमा खटलाई भक्तपुर नगरपालिका वडा नं ४ पोटरी स्क्वायरबाट सूर्यविनायक ल्याइन्छ । त्यसपछि सूर्यविनायकबाट खट जात्रा सुरु हुन्छ । यसलाई सूर्यविनायक गणेश मन्दिरबाट भक्तपुरको पोटरी स्क्वायर पुरयाइन्छ । त्यहाँं पुगेपछि एउटा बोकाको बली दिइन्छ । त्यसपछि भक्तपुर नगर परिक्रमा गराइन्छ । अन्तमा भक्तपुर दरवारक्षेत्रस्थित तलेजुमा पुयाइन्छ । त्यहाँं गुठीका प्रतिनिधिबाट पूजाआजा गरेर बली दिइन्छ । त्यसपछि पुनः रथलाई भक्तपुर नगरपालिका वडा नं ४ पोटरी स्क्वायरमा पुयाइन्छ र जात्रा समापन हुन्छ ।
पहिला ठाउँठाउँंमा गरेर सात आठ वटा बोकाहरु बली चढाइन्थ्यो, जात्रा मनाइरहेको परिवारका एकजना सदस्य ७५ वर्षीय कृष्णप्रसाद सुवालले भने, बुबाले चलाइराख्नू जात्रा, नरोक्नु भनेकाले हामीले परिवारकै खर्चमा जेनतेन चलाइरहेका छौं ।
उनीहरुका अनुसार खट वोक्नका लागि अहिले चार जना मानिस चाहिन्छ । उनीहरुलाई प्रतिव्यक्ति एकएक हजार रुपैयाँं दिने हो भने पनि चार हजार पैसा त यतिकै खर्च हुन्छ । साथै अन्य तथा अन्य विविध खर्चहरुका लागि पैसा चाहिन्छ ।
जात्रा मनाउने काम एउटा परिवारले जेनतेन आफनै खर्चमा गरिरहे पनि जात्रा हेर्नहरुको भने नगरभरि हजारौ हुने जनाइएको छ । उपत्यकाको चार गणेशमध्ये जेठो गणेश भक्तपुरको सूर्यविनायक गणेश हो । सूर्यविनायक भगवान गणेशको एक प्रसिद्ध मन्दिर हो । यो काठमाडौ उपत्यकामा रहेका प्रमुख चार गणेशस्थानमध्ये एक हो ।