राष्ट्रियसमाचारसूचना प्रविधि

भु उपयोग क्षेत्र बर्गिकरण छूट भएका जग्गाहरुको बर्गिकरण

रामधुनी नगरपालिकाको स्थानिय भु उपयोग कार्यान्वयन समितिको मिति २०८१।०७।०६ गते मंगलबार बसेको बैठकको निर्णय अनुसार नगरपालिका भित्र यस अघि भुु उपयोग क्षेत्र बर्गिकरण छुट भएका जग्गाका जग्गाधनीहरुले आवश्यक (कागजातहरु जग्गाको धनीपुर्जाको प्रतिलिपी, जग्गाको वडा नक्सा र फाइल नक्सा सक्कलै,जग्गाधनीको नागरिकताको प्रतिलिपी,चालु आ.ब. को मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपी समेत संलग्न गरी सुचना प्रकाशन भएका मितिले ३५ दिन भित्र आ आफ्नो जग्गा रहेको वडामा भु उपयोग क्षेत्र वर्गिकरणका लागि आवेदन गर्न सूचना प्रकाशन गरेको छ । कृषि क्षेत्रलाई अन्य निर्माणका लागि प्रयोग हुनबाट जोगाउन यो नीति प्रभावकारी हुने र यसले दीर्घकालीन उत्पादनशीलतालाई सुनिश्चित गर्छ,र छुट्टाइएको जमिनलाई खेती, जंगल, बसोबास, उद्योग, र सार्वजनिक क्षेत्र जस्ता विभिन्न कामका लागि वर्गीकृत गर्दा प्रत्येक जमिनको सही उपयोग गर्न सजिलो हुन्छ भन्ने प्रमुख प्रशासकीय बताउछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x