समाचार

६ वटा परकम्प गइसक्यो, भूकम्पविद् लोकविजय भन्छन्– ठूलो परकम्प आउन सक्छ

काठमाडौं । तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर गएको भूकम्पको परकम्प गइरहेको छ । बिहान ८:४५ सम्म ६ वटा परकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

“हालसम्म ६ वटा परकम्प गइसकेको छ । ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएको हो,” अधिकारीले भने, “४ भन्दा तलका परकम्प त धेरै नै गइसकेका छन् । ४ देखि ५.२ सम्मका ६ वटा परकम्प गएका छन् ।”

KFC Island AdDabur NepalNIC Asia

यीभन्दा ठूलो परकम्प जाने सम्भावना रहेको उनले जानकारी दिए । “अहिलेसम्म आएका परकम्पभन्दा ठूलो परकम्प जाने सम्भावना रहन्छ,” उनी प्रष्ट पार्छन्, “यद्यपि, ७ म्याग्निच्युडभन्दा ठूलो भने हुने सम्भावना कम हुन्छ ।”

तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर आज बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x