अन्तराष्ट्रियसमाचार

युद्धको तरंग नेपालसम्म: इरान घटनापछि मध्यपूर्व संकट गहिरियो

अमेरिका र इजरेलले इरानमा हमला सुरु गरेको एक सय दिन नाघिरहँदा नेपालको एउटा मुख्य श्रम गन्तव्य रहँदै आएको मध्यपूर्वका देशमा श्रमका लागि संस्थागत रूपमा आउने गरेको माग करिब आधाले घटेको वैदेशिक रोजगार व्यवसायी सङ्घका अधिकारीले बताएका छन्।”नेपाली श्रमिकहरू बाहिरिने क्रमलाई निकै प्रभावित पारेको छ। सङ्ख्यामा हेर्दा युद्ध सुरु हुनु अघिको तुलनामा यतिखेर श्रमिकको मागमा लगभग पचास प्रतिशत कमी देखिन्छ,” सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले बीबीसीसँग भने। वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले व्यक्तिगत श्रम स्वीकृति लिनेको क्रम खासै नघटे पनि संस्थागत रूपमा जानेको हकमा त्यस्तो अवस्था रहेको बीबीसीलाई बताइन्।source BBC Nepal

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x