समाचार

पोखरा महानगरको घरदैलो स्वास्थ्य सेवा अभियान सुरु

पोखरा महानगरपालिकाले ‘स्वास्थ्य सेवा घरदैलोमै’ अभियान सञ्चालन गर्दै टोलटोलमा पुगेर स्वास्थ्य सेवा दिन थालेको छ। महानगरको स्वास्थ्य शाखाले प्राथमिक स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित समुदायमै पुगेर सेवा दिने कार्यक्रम सुरु गरेको हो।

यस अभियानअन्तर्गत स्वास्थ्यकर्मीको टोलीले हरेक वडाका टोलटोलमा पुगेर रक्तचाप, मधुमेह, स्वासप्रश्वास, बालबालिका तथा आमाको नियमित स्वास्थ्य जाँच, खोप कार्यक्रम लगायतका सेवा प्रदान गरिरहेको छ।

केन्द्रका प्रमुख कुश्मराज सुवेदीले ज्येष्ठ तथा अशक्त नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त घुम्ती अभियान सुरु गरिएको बताए । नसर्ने रोगको स्क्रिनिङसँगै महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना तथा स्वास्थ्य जाँच, मनोरोग, सरुवा रोग तथा अन्य दीर्घरोगसम्बन्धी जानकारी दिने गरिएको उनले बताए । उनका अनुसार यही असार ७ सम्म वडाका १७ वटा टोलमा घुम्ती शिविर सञ्चालन हुनेछ ।

महानगर प्रमुख धनराज आचार्यले जनताको घरमै पुगेर स्वास्थ्य सेवा दिनु नगरपालिकाको दायित्व भएको उल्लेख गर्दै, “हामी जनताको ढोका ढोका पुगेर स्वास्थ्य सेवा पुर्याउँदैछौं,” भने। उनले वृद्ध, अशक्त तथा अस्पताल जान नसक्ने नागरिकलाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको बताए।

पोखरावासीले घरमै सेवा पाउँदा खुसी व्यक्त गरेका छन्। सेवाबाट लाभान्वित बन्दै आएका स्थानीय बासिन्दाले यस्तो कार्यक्रम निरन्तर चलाउन माग गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x