पालिका खबरराष्ट्रियसमाचार

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

सिमकोट –  सिमकोट गाउँपालिकालाई काठमाडौँस्थित भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकालाई शनिबार एम्बुलेन्स सहयोग प्राप्त भएको अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

राजदूतावासले सहयोग गरेको एम्बुलेन्स सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका सबै बिरामीको उद्धार गरिने अध्यक्ष भण्डारीले बताउनुभयो । वडा नं १ देखि ८ का स्याडा, याङ्गु, खोल्सीलगायत बस्तीमा गाउँपालिका केन्द्रसँग सडक नजोडिएको भए पनि अन्य सातवटै वडा सडक सञ्जालमा जोडिएका छन् । अब बिरामीलाई अस्पताल पुुर्याउन सहज हुने उहाँले बताउनुभयो । यसअघि गाउँपालिकासँग यस्तो सुविधा थिएन । source: ntv

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x