बेलायतको भल्टमा रहेको एक सय टन सुन भारतको केन्द्रीय बैंकले स्वदेशी भल्टमै भित्र्यायो
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले बेलायतको भल्टमा रहेको एक सय टन सुन स्वदेशी भल्टमै भित्र्याएको छ ।
सोही परिमाणको थप सुन आउँदा महिनामा फेरि स्वदेशमै भित्र्याउने तयारी रहेको पनि जनाइएको छ । भण्डारण क्षेत्रको विविधीकरण तथा लजिस्टिक कारण देखाउँदै भारतले सुन स्वदेशी भल्टमा स्थानान्तरण गरेको हो । मार्चको अन्त्यसम्म भारतको केन्द्रीय बैंकसँग ८२२.१० टन सुन रहेको छ जसमध्ये ४०८.३१ टन सुन स्वदेशी भल्टमै राखिएको छ ।बैंक अफ इङ्गल्यान्डको भल्टमा विश्वका कैयौं देशका केन्द्रीय बैंकले सुन भण्डारण गर्ने गरेका छन् । अस्थिर विनिमयदर तथा भुराजनीतिक जोखिमबीच विश्वभरका केन्द्रीय बैंकले सुन सञ्चय गरिरहेका छन् जसले सुनको मूल्य अझ माथि माथि पुगिरहेको छ ।

