पालिका खबरराष्ट्रियसमाचार

आमाछोदिङमो निःशुल्क मनोसामाजिक परामर्श सेवा सुरु

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले नागरिकहरूको मानसिक स्वास्थ्य प्रवर्द्धन तथा विभिन्न सामाजिक तथा मनोसामाजिक समस्याको समाधानका लागि निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ।

गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार लैङ्गिक विभेदमा आधारित हिंसा, लागूऔषध तथा मदिरा सेवन, पारिवारिक तथा सामाजिक द्वन्द्व, आत्महत्या सम्बन्धी घटना, सामाजिक लाञ्छना तथा विभेदजस्ता समस्याबाट प्रभावित व्यक्ति, परिवार, बालबालिका, विद्यार्थी, युवा तथा अन्य नागरिकलाई लक्षित गरी सेवा प्रदान गरिएको हो।

यस सेवामार्फत मानसिक तथा भावनात्मक तनाव, चिन्ता, डर, निराशा, हिंसापीडित अवस्था, बालबालिका तथाकिशोर–किशोरीसँग सम्बन्धित समस्या लगायतका विषयमा गोप्य र व्यावसायिक परामर्श उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार निम्न विषयमा परामर्श सेवा प्रदान गरिनेछः

  • पारिवारिक तथा सामाजिक सम्बन्धी समस्या
  • हिंसा र दुर्व्यवहार सम्बन्धी परामर्श
  • मानसिक तथा भावनात्मक तनाव र चिन्ता व्यवस्थापन
  • बालबालिका तथा किशोर–किशोरी सम्बन्धी परामर्श

गाउँपालिकाले मानसिक स्वास्थ्य समस्यालाई समयमै पहिचान गरी समाधानतर्फ अग्रसर हुन नागरिकलाई उक्त सेवा उपयोग गर्न आग्रह गरेको छ। सेवा सम्बन्धी थप जानकारीका लागि गाउँपालिकाका परामर्शदाता सोसाइला तामाङमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x