राष्ट्रियसमाचारस्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २५ पुगेको छ।

आइतबार ६६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८६ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ७७८ पीसीआर तथा १६७२ एन्टिजेन गरी जम्मा २ हजार ४ सय ५० परीक्षण भएको छ।

source:deshsanchar.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x