पालिका खबरविजनेशसमाचार

व्यावसायिक फलफूल खेतीमा अनुदान पाएका किसानलाई लागत साझेदारी रकम जम्मा गर्न बागमती गाउँपालिकाको आग्रह

बागमती गाउँपालिकाले व्यावसायिक फलफूल खेती कार्यक्रमअन्तर्गत अनुदान स्वीकृत भएका किसानहरूलाई लागत साझेदारी रकम जम्मा गर्न सूचना जारी गरेको छ।

गाउँपालिकाको कृषि विकास शाखाले सार्वजनिक गरेको सूचनाअनुसार यसअघि प्रकाशित सूचनाअनुसार व्यावसायिक फलफूल खेती कार्यक्रमका लागि छनोट भएका कृषकहरूले आवश्यक बिरुवा प्राप्त गर्न खरिद मूल्यको ५० प्रतिशत रकम लागत साझेदारीस्वरूप जम्मा गर्नुपर्नेछ। तोकिएको रकम बैंक खातामा जम्मा गरी भौचर कृषि विकास शाखामा पेश गर्न गाउँपालिकाले आग्रह गरेको छ।

सूचनाअनुसार सुन्तला, कागती, जुनार, एभोकाडो, आँप, किवी तथा ड्रागन फ्रुटलगायतका फलफूल बिरुवामा लागत साझेदारी व्यवस्था गरिएको छ। किसानहरूले तोकिएको दरअनुसार रकम जम्मा गरेपछि बिरुवा वितरण प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

गाउँपालिकाले फलफूल उत्पादन वृद्धि, व्यावसायिक कृषि प्रवर्द्धन तथा किसानको आयआर्जन बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ। थप जानकारीका लागि कृषि विकास शाखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x