५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्दै महालक्ष्मी नगरपालिका, किसानलाई बिरुवा लिन आग्रह
ललितपुर । महालक्ष्मी नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्ने भएको छ। नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत फलफूल खेती विस्तार तथा कृषकको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।
नगरपालिकाले यसअघि प्रकाशित सूचना अनुसार फलफूलका बिरुवाका लागि आवेदन दिएका कृषकहरूलाई बिरुवा वितरण गर्न लागिएको जानकारी दिएको छ। सूचना अनुसार सम्बन्धित कृषकहरूले आफ्नो नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि साथ लिएर निर्धारित स्थानमा उपस्थित भई कृषि विकास शाखाका अनुसार बिरुवा वितरण कार्यक्रम २०८३ असार ११ गतेदेखि सुरु हुनेछ। वितरण कार्य १ स्थित कृषि महालक्ष्मी नगरपालिका वडा नं.विकास शाखा, लामाटार सेवा केन्द्र बाट बिहान १० बजेदेखि सञ्चालन गरिनेछ।
नगरपालिकाले फलफूल खेती विस्तारमार्फत स्थानीय उत्पादन बढाउने, कृषकलाई आत्मनिर्भर बनाउने तथा व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।बिरुवा वितरण सम्बन्धी थप जानकारीका लागि नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न सकिने बताइएको छ।

