मधुमेहका बिरामीले आँप खान हुन्छ कि हुँदैन ?
अहिले बजारमा आँपको सिजन छ । मौसम अनुकूल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक पनि मानिन्छ । आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्त्व पनि मिल्छ । जस्तो- भिटामिन ए, भिटामिन बी । तर मधुमेहका बिरामीले आँप खान हुँदैन भनेको सुनिन्छ ।
संसारका सबै खानेकुरा अमृत हो र सबै खाना विष पनि हो, खाना राम्ररी खान जान्यो भने त्यो अमृत हो र खान जानेन भने विष हो । आँपको सिजनमा आँप खानु राम्रो हो तर आँपै मात्र खानु भने नराम्रो हो ।
मधुमेहको समस्या भएका व्यक्तिले पनि आँप खान हुन्छ । तर कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ।
आँप खाएको बेला अन्य खानेकुरामा ध्यान दियो भने खासै समस्या हुँदैन । गर्भावस्थामा हुने मधुमेहमा पनि आँप खान मिल्छ तर सन्तुलित मात्रामा, डाइटिसियनसँग विशेष परामर्श लिएर खाँदा प्रभावकारी हुन्छ ।
sources-onlinekhabar