अन्तराष्ट्रियखेलकुदसमाचार

टी-२० विश्वकप : वेस्ट इन्डिजको सुखद सुरुवात

डालास, जेठ २१ गते । आयोजक वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपमा सुखद सुरुवात गरेको छ ।

गुयनामा आइतबार राति भएको खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) लाई पाँच विकेटले हरायो । जितसँगै ‘सी’ मा रहेको वेस्ट इन्डिजले दुई अङ्क बनाएको छ ।जितका लागि पिएनजीले दिएको एक सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।वेस्ट इन्डिजका लागि रोस्टन चेजले अविजित ४२ रन बनाउनुभयो । ओपनर ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले १५/१५ रन जोड्नुभयो । बलिङमा पिएनजीका लागि असद भालाले दुई तथा अलेइ नाओ, चाड सोपर र जोन करीकोले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो ।पिएनजीका लागि सेसे बाउले सर्वाधिक ५० रन बनाउनुयो ।  किप्लिन डोरिगाले २७, असद भालाले २१, चार्ल्स अमिनीले १२ र चाड सोपरले १० रन बनाउनुभयो ।

बलिङमा वेस्ट इन्डिजका आन्द्रे रसेल र अलजारी जोसेफले दुई दुई विकेट लिनुभयो । अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले एक एक विकेट झार्नुभयो ।

समूह सी’ मा वेस्ट इन्डिज र पिएनजीसँगै न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा रहेको छ ।

source-Gorkhapatra

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x