राष्ट्रियसमाचार

त्रिभुवन विमानस्थलको धावन मार्गमा देखिएको प्वाल पुरियो, अवरुद्ध उडान सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा  देखिएको सानो प्वाल पुरेपछि उडान र अवतरण पुनः सुरु भएको छ।

blogधावनमार्गमा प्वाल परेपछि विमान उडान र अवतरण करिब एक घण्टा प्रभावित भएको थियो।

प्रभावित भएको उडान र अवतरण अहिले जारी रहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “विमानस्थलको धावनमार्गमा एउटा सानो लेयरमा समस्या आएर प्वाल परेको थियो। अहिले त्यो पुरिएर विमान अवतरण र उडान भएको छ।”

उहाँका अनुसार एक घण्टा विमानस्थल अवरुद्ध हुँदा अवतरणका लागि आएका विमान आकाशमै होल्ड भएका थिए। अहिले विमान अवतरण गर्ने क्रम जारी रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x