उत्पादित सामान बिक्री नहुँदा पेसाबाट पलायन हुँदै व्यवसायी
उत्पादित सामान बिक्री नहुँदा पेसाबाट पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको तनहुँका घरेलु तथा साना उद्योगीले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३५ औँ स्थापना दिवसको उपलक्ष्यमा घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँको आयोजनामा दमौलीमा गरिएको अन्तर्क्रिया तथा उद्यमीलाई सम्मान कार्यक्रममा अधिकांश व्यवसायीले पिरमर्का परे पनि त्यसमा सरोकारवालाको ध्यान जान नसकेको गुनासो गरे । उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्ने क्रम बढेको उहाँले बताउनुभयो । सुवेदीले भन्नुभयो, “युवालाई वैदेशिक रोजगारीमा मोह बढ्नु, उत्पादित समानले बजार पाउन कठिन तथा कोरोना असरकालगायतले गर्दा साना उद्योग बन्द हुने सङ्ख्या बढिरहेको छ ।” कार्यालयमा गत आवमा २१० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आवको तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ ।
source gorkha patra