सूचना प्रविधि

च्याटजीपीटीको नयाँ कीर्तिमान: १ अर्ब मानिसको रोजाइमा ओपनएआई

कृत्रिम बुद्धिमत्तामा आधारित संवादात्मक प्लेटफर्म च्याटजीपीटीले विश्वव्यापी प्रयोगकर्ताको संख्यामा नयाँ कीर्तिमान कायम गरेको छ । मासिक सक्रिय प्रयोगकर्ता संख्या १ अर्बभन्दा माथि पुगेसँगै यो प्लेटफर्म प्रविधि इतिहासकै तीव्र गतिमा विस्तार हुने सेवामध्ये एक बनेको छ ।बजार अनुसन्धान संस्थाहरूका अनुसार सार्वजनिक रूपमा उपलब्ध भएको छोटो अवधिमै च्याटजीपीटीले यस्तो उपलब्धि हासिल गरेको हो । विश्लेषकहरूले यसको वृद्धिदरलाई सामाजिक सञ्जाल तथा भिडियो प्लेटफर्महरूको प्रारम्भिक विस्तारसँग तुलना गर्दा अझ तीव्र रहेको बताएका छन् ।विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा कृत्रिम बुद्धिमत्ता प्रयोग गर्ने प्रवृत्तिमा व्यापक वृद्धि भएको छ । एक समय प्रयोगात्मक मानिने एआई प्रविधि अहिले अध्ययन, कार्यालयीय काम, अनुसन्धान, सामाग्री उत्पादन र दैनिक डिजिटल गतिविधिको अभिन्न हिस्सा बन्दै गएको छ ।च्याटजीपीटीको लोकप्रियतामा वृद्धि हुनुका प्रमुख कारणमध्ये भाषा अनुवाद, लेखन सहयोग, प्रोग्रामिङ समाधान, डेटा विश्लेषण तथा सिर्जनात्मक सामाग्री निर्माणजस्ता बहुआयामिक सेवाहरू रहेका छन् । व्यक्तिगत प्रयोगकर्तादेखि व्यवसाय, शैक्षिक संस्था र सञ्चार क्षेत्रसम्म यसको प्रयोग विस्तार हुँदै गएको देखिन्छ ।

यसबीच एआई मोडेलहरूको निरन्तर सुधार र विभिन्न डिजिटल सेवासँगको एकीकरणले पनि प्रयोगकर्ताको पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । स्मार्टफोन, वेब प्लेटफर्म र व्यवसायिक उपकरणहरूमा सहज उपलब्धताले यसको प्रयोगलाई थप व्यापक बनाएको छ ।प्रविधि विश्लेषकहरूका अनुसार च्याटजीपीटीको यो उपलब्धिले विश्वव्यापी एआई प्रतिस्पर्धालाई नयाँ चरणमा पुर्‍याएको छ । प्रमुख प्रविधि कम्पनीहरू कृत्रिम बुद्धिमत्तालाई दैनिक जीवनका विविध क्षेत्रमा अझ प्रभावकारी रूपमा प्रयोग गर्न सकिने नयाँ समाधान विकासमा केन्द्रित छन् ।यद्यपि एआईको तीव्र विस्तारसँगै गोपनीयता, साइबर सुरक्षा, सूचना विश्वसनीयता तथा रोजगारीको भविष्यबारे बहस पनि बढ्दै गएको छ । स्वचालन र बुद्धिमान प्रणालीहरूको प्रयोग विस्तार हुँदा धेरै पेशागत क्षेत्रको कार्यशैली परिवर्तन हुने अनुमान गरिएको छ ।प्रविधि क्षेत्रका जानकारहरू च्याटजीपीटीको सफलता केवल एउटा लोकप्रिय एपको उपलब्धि नभई विश्वव्यापी डिजिटल रूपान्तरणको संकेतका रूपमा हेर्छन् । उनीहरूका अनुसार यसले मानिस र प्रविधिबीचको अन्तरक्रियाको नयाँ युगलाई प्रतिनिधित्व गरेको छ । souce : Ict news

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x