दूध उत्पादक सहकारी, कृषि–पशु समूह तथा डेरी उद्योगलाई सम्झौताका लागि उपस्थित हुन आग्रह
महाङ्काल गाउँपालिकाले बागमती प्रदेश सरकारबाट सशर्त हस्तान्तरण भएको “उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान कार्यक्रम” अन्तर्गत स्वीकृत भएका लाभग्राही संस्थाहरूलाई सम्झौता प्रक्रियाका लागि उपस्थित हुन सूचना जारी गरेको छ।
गाउँपालिकाको पशु सेवा शाखाले सार्वजनिक गरेको सूचनाअनुसार दूध उत्पादक सहकारी संस्था, कृषि तथा पशु समूह, दूध संकलन केन्द्र, डेरी तथा दूध उद्योगका अध्यक्ष वा आधिकारिक प्रतिनिधिहरूले तोकिएको मिति र स्थानमा अनिवार्य रूपमा उपस्थित भई कार्यक्रमको सम्झौता गर्नुपर्नेछ।सम्झौता प्रक्रिया असार ५ गतेदेखि असार १६ गतेसम्म महाङ्काल गाउँपालिकाको पशु सेवा शाखामा कार्यालय समयभित्र सञ्चालन हुने जनाइएको छ।
सम्झौताका लागि निवेदन, गाउँपालिकाको आर्थिक ऐनअनुसार राजस्व बुझाएको रसिद तथा सम्बन्धित संस्था वा समूहको छाप, चेकको छायाँप्रतिलगायत आवश्यक कागजात पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।गाउँपालिकाले अनुदान कार्यक्रममार्फत दूध उत्पादन वृद्धि, पशुपालन व्यवसायको प्रवर्द्धन तथा किसानको आयस्तर अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरेको छ।

