समाचार

चाइनिज एकेडेमी अफ साइन्स भ्रमण गर्दै परराष्ट्रमन्त्रीले लिए अनुसन्धान गतिविधिबारे जानकारी

चीनको चार दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले चीनको ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को स्थलगत अवलोकन गर्नुभएको छ।आज बिहान भएको उक्त अवलोकनका क्रममा नेपाली दूतावासले जानकारी दिँदै मन्त्री खनालले अनुसन्धान संस्थानको कार्यप्रणाली, वैज्ञानिक अध्ययन तथा क्षेत्रीय अनुसन्धान गतिविधिबारे विस्तृत जानकारी लिनुभएको बताएको छ। सो अवसरमा उहाँले नेपाल र चीनबीच वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा अझ गहिरो सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ प्रस्थान गर्नुभएका मन्त्री खनालको यो भ्रमण उच्चस्तरीय कूटनीतिक सम्पर्क तथा सहकार्य विस्तारतर्फ केन्द्रित रहेको जनाइएको छ।मन्त्री खनालको भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x