समाचार

तामाकोसीमा सुक्खा पहिरो : दुई गाउँको सडक सम्पर्क टुट्यो, ३० पर्यटक अलपत्र

दोलखाको विगु गाउँपालिका–१, देउरालीमा सुक्खा पहिरो खसेको छ । पहिरोले सडक बाटो समेत भत्काएको छ ।शुक्रबार बिहान सुक्खा पहिरो तामाकोसीमा खस्दा केही बेर तामाकोसी थुनिएको थियो । अहिले थुनिएको तामाकोसी खुलेको छ ।

“सुक्खा पहिरोले बाटो समेत लगेको छ । थुनिएको तामाकोसी अहिले खुलिसकेको छ । घटना शुक्रबार बिहान ११ बजेतिर भएको हो,” विगु गाउँपालिका वडा नं.१ का वडाध्यक्ष मेमबहादुर तामाङलेभने, “पहिरोले सडक समेत लग्दा दुई गाउँको सडक सम्पर्क टुटेको छ ।”  sources 12khari

वडाध्यक्ष तामाङका अनुसार पहिरोले सडक भत्किँदा लप्ची र लुन्नाङ गाउँसँगको सडक सम्पर्क टुटेको छ । सडक भत्किँदा करिब ३० विदेश पर्यटक अलपत्र परेको उनले जानकारी दिए । पहिरोका कारण कुनै मानवीय क्षति नभएको उनले बताए । “तत्काल सडक बाटो बनाउन गाह्रो छ । त्यसैले हामी वैकल्पिक बाटो बनाउने सोचिरहेका छौँ । छिट्टै बनाउँछौँ,” वडाध्यक्ष तामाङले भने ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माणस्थल यसै वडामा पर्छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x